लागु औषध सहित दुइ पक्राउ

पढ्न समय: 1 मिनेट

कार्तिक २५ झापा / झापाको दमक नगरपालिका-८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका-७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् ।

- Advertisement -
Ad image

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोबाइलसहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्