
१२ बैशाख झापा । गौरीगञ्ज गाउँपालिका वडा नँ ४ को कार्यालयबाट राहतको चामल बिक्री भएको पाइएको छ । लकडाउनका बेला अति बिपन्न परिवारलाइ राहत बाड्न का लागि आएको चामल वडा कार्यालयको एक कर्मचारीले कार्यालय बाटै बेचेको कुरा स्थानियहरुले गौरीगञ्ज दर्पणलाइ बताएका छन् । खबर पाए लगतै गौरीगञ्ज दर्पण डटकमले सो वडा कार्यालयबाट चामल खरिद गर्ने ब्यक्तीको खोजि गरि उनिसँग कुरा समेत गरेको छ । स्थानिय राम चन्द्र राइले वडाका कर्मचारी मात्रिका गिरीसँग कार्यालय समयमै १६ केहि चामल खरिद गरेको बताएका छन् । दाल, चाउचाउँ चनासमेत मिसिएको १६ केहि चामल किनेको र घरमा ल्याइ सफा गर्दा १४ केजि मात्र पुगेको कुरा उनले बताएका छन् ।
सामान्यतया बिपन्न परिवारका लागि राहतको रुपमा दान दिएको कुनै पनि सामग्री बिक्री गर्न पाइदैन । तर सो वडाको कर्मचारीबाटै कार्यालय समयमै राहतको चामल बिक्री भएको पाइएको हो ।
यसबारे वडाध्यक्ष कुल प्रसाद गिरीले यसबारे आफुलाइ थाहा नभएको यसमा वडाकार्यालयको कुनै सँलग्नता नभएको कुरा बताएको छ । राहतको चामल बेचेको देखिए त्यो कर्मचारीलाइ कारवाही गरिने कुरा उनले बताएका छन् ।
हेर्नुहोस भिडियो –


Desh ma samasya vairako bela aafno swartha pura garne testa chor lai tesko pad bata barkhasta Gariyos yestai chor harule garda desh bikash navayeko ho direct teslai pad bata barkhasta garnu parxa