
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ।
आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीले पनि अदालतबाट सफाइ पाएको स्रेस्तेदार रुद्रमणि गिरीले पुष्टि गरेका छन्।
न्यायाधीश हेमन्त रावलको इजलासले उनीहरूलाई सफाइ दिएको चितवन जिल्ला अदालतले जनाएको छ।
टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो।
यसअघि नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्

