
गौरीगञ्ज ,माघ ५ नब जागृती युवा क्लव गौरीगञ्जको समन्वयमा क्लब हिमालयन टाईगरले झापाको गौरीगञ्ज गाउँपालिका ४ बारसुतीको मुसहर बस्तीमा कपडा बितरण गरेको छ । शनिबार सो बस्तीका २५ घरपरिवारलाई कपडा बितरण गरिएको क्लव हिमालयन टाईगरका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताए ।
गएको दिपावलीमा देउँसी खेलेर जम्मा भएको कपडा निर्मलीकरण गरी बितरण गरिएको हो । यस्तै उनिहरुलाई २ कार्टुन सेनेटरी प्याड र चाउँचाउ ,बिस्कुट लगायतका खाद्य सामाग्री समेत बितरण गरिएको थियो ।
स्थानीय नब जागृती युवा क्लवसँगको सहकार्यमा सो गाउँमा सहयोग गरिएको भण्डारीले बताए । क्लवले यसअघि पनि यस्ता विभिन्न सामाजिक कार्यहरु गदै आएको अध्यक्ष भण्डारीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्

