रँगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
रंगेली मा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवा हरु ले दुई लाख रुपैयाँ काे लागतमा निर्माण गरिएको ब्याडमिन्टन काेडमा पहिलोपटक ब्याडमिन्टन खेल काे प्रतियोगिता गराएका हुन । साे खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिअाेपि रंगेली , बिअाेपि चुन्निवारी, अमरदह, सिजुवा, लगायत १३ बटा टिमकाे सहभागी रहेको थियो । खेलमा प्रथम हुने अमरहद का बिनाेद थापा र रंगेली का भिम बहादुर श्रेष्ठ पहिलो भएका थिए । बिअाेपि चुनिवारीका झकेन्द्र बानियाँ र बिअाेपि रंगेली का जितेन्द्र बस्नेत दाेस्राे भएका हुन भने रंगेली का नवीन साह र सन्तोष लिम्बू तेस्रो भएका थिए । प्रथम लाई नगद २१ हजार दाेस्राे ११ हजार रुपैयाँ र तेस्राे लाई ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियोे । साे खेलमा उत्कृष्ट खेलाडी शम्भु कटुवाल , अनुसाशित मा सिताराम मंन्डल घाेषित भएका थिए । खेलका एम्पायर सुजित पाैडेल र शिवु राई ले गरेका थिए । खेलका बिजेता उपबिजेता हरुलाई ब्याडमिन्टन क्लव का सचिव प्रल्हाद यादव, शिवु राई, रामनारायण मंन्डल, लगायत ले नगद पुरस्कार हस्तान्तरण गरेका थिए । खेलका क्रममा सुजित पाैडेल ले भने अहिले सम्म रंगेली नगरपालिकाले नगर भित्र ब्याडमिन्टन खेलकाे लागि अावस्यक पर्ने कबड हल निर्माण नगर्दा हामी सबै युवा हरु ले मिलेर अाफ्नै लागानिमा खेल मैदान बनाएर खेल्न बाध्य रहेको तर नगरपालिकाले कुनै पनि पहल नगरेको समेत बताए । अहिले नगरपालिकाले माेठ, मंन्दिर , बाटाे लाई मात्रै प्राथमिकता दिएकाे तर युवा हरु का लागि खेलकुद मा बेवास्ता गरेको अाराेप समेत लगाएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *