फेरी गुपचुपमै बस्यो गौरीगञ्जको गाउँसभा

पढ्न समय: 3 मिनेट

गौरीगञ्ज ११ फागुन । झापा स्थित गौरीगञ्ज गाउँपालिकाको पाचौ गाउँसभा आइतबार फेरी गुपचुपमै सम्पन्न भएको छ । अचम्म कुरा त के छ भने यस पटक उद्घाटन सत्रमा समेत सञ्चार कर्मीलाइ पनि खबर गरिएन । अघिल्लो गाउँसभाका केहि योजनामा रकमान्तर र केहि नयाँ योजना मा बजेट बाँडफाड गर्दै पाँचौ गाउँसभा सम्पन्न भएको हो ।
२२ वटा पुराना योजनाहरुमा करिब डेढ करोड रकमान्तर अनुमोदन र ३६ वटा नयाँ योजनाहरु थप्दै हिउदे गाउँसभा सम्पन्न भएको हो । अघिल्लो आर्थिक बर्षमा खर्च गर्न नसकिएको ५ करोड ६० लाख रकम लाइ नै पुरानो योजनामा रकमान्तर तथा नयाँ योजनामा अनुमोदन गरिएको कुरा कार्यकारी अधिकृत प्रबिण दाहालले बताए ।
गाउँसभामा अघिल्लो आब बाट अचानक अ ल्या रका आएको बिषय‚ इञ्जिनियर सबिन क्षेत्रीको मनोमानी ब्यबहारको बिषय‚ खरिद समितीको शँकास्पद ब्यबहार‚ निर्माण भएर ६ महिना पनि नबित्दै भत्केको सडकको बिषय लगायत वडा नँ १ मा ६० घर लाइ सुरक्षित आबास अन्तर्गत रु ५० हजारका दरले रकम दिने भनि अनुगमन भए पनि ३० घरमा झारिएको बिषयलाइ गाउँसभा सदस्यहरुले उठाएका थिए । वडा नँ ६ का सदस्य मुकेश साहले आब सकिएको ६ महिना पछी ५ करोड अ ल्या रकम कहाँबाट आयो भन्ने प्रश्न उठाएका थिए भने वडा सदस्य उदिम राइ र अरुण राजवँशीले इञ्जिनियरको गलत अनुगमन र अदुरदर्शिताका कारण ऐतिक निर्माणका काम मा ठेकेदारहरु बाट गाउँपालिका ठगिदै गएको कुरा उठाएका थिए । त्यसै गरि वडा सदस्य जानुका गौतमले कुञ्जिबारी बजारमा बनेको पिच सडक ६ महिनामै भत्केको बिषयलाइ उठाएका थिए । वडा सदस्य राजेन्द्र ताजपुरियाले गाउँपालिकाले खरिद गरि बितरण गरेका मोटर लगायतका सामग्रीहरु कमसल रहेको कुरा उठाउदै खरिद समिती माथि नै प्रश्न उठाएका थिए । वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले समेत इञ्जिनियरको गलत अनुगमनका कारण कुञ्जिबारी को पिच सडक ६ महिना नबित्दै भत्किन थालेको कुरा उठाएका थिए ।
गुपचुप रुपमै सम्पन्न भएको पाचौ गाउँसभाले गौरीगञ्ज गाउँपालिकाको निरँकुश चरित्रलाइ उदाँगो पारेको छ । अघिल्लो गाउँसभा सम्म उद्घाटन सत्रका लागि आम नागरिकलाइ खबर नगरे पनि स्थानीय सञ्चार माध्यमहरुलाइ गाउँसभा बारे जानकारी दिने चलन थियो तर यस पटक सञ्चारकर्मीलाइ समेत जानकारी नदिइ गुपचुप रुपमा गाउँसभा सञ्चालन गरिएको हो । गाउँसभा शुरु भएर निकै बेर सम्म सञ्चारकर्मीको उपस्थिती नदेखिए पछी गाउँपालिका सदस्यहरुले नै सञ्चारकर्मीहरुलाइ बखर गरेका थिए ।
प्रशाशकीय अधिकृत प्रबिण दाहालले गौरीगञ्ज गाउँपालिकाको गाउँसभा बस्ने नियम आफुलाइ थाहा नभएकाले सञ्चारकर्मीलाइ खबर नगरेको कुरा बताए । उनले गौरीगञ्ज गाउँपालिकाको गाउँसभा सञ्चालन को आफ्नै कार्यबिधि पारित भएको कुरा जानकारी नभएको जवाफ दिए । पछील्लो समय सुचना का हकमा गौरीगञ्ज गाउँपालिकाले कत्ञ्जुस्याइ गर्दै आइरहेको पाइएको छ । लामो समय देखि कार्यपालिका बैठकका निर्णयहरु समेत गाउँपालिकाले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *