गौरीगञ्ज । पछिल्लो पुस्ताकी चर्चित गायिका निशु ढकालले आफ्ना श्रोता दर्शकहरुका लागि फेरी नयाँ म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । मेरो प्रेम शिर्षकको सो म्युजिक भिडियो ओएसआर डिजिठल मार्फल सार्बजनक गरिएको हो ।
निशु ढकालको सुमधुर आवाजमा रहेको सो गितका शब्दहरु नबिन के तिमल्सिनाले लेखेका हुन । गीतमा पिरतीमा चुर्लुम्म डुबेकी एक प्रेमिकाको मन भित्र आफ्नो प्रेमी प्रति उत्पन्न हुने समर्पणका प्रेमिल भावहरुले भरिएको छ ।
तिमल्सिनाकै सँगित रहेको सो गितको म्युजिक भिडियोको अनस्क्रिनमा मोडेल किशोर र स्मारिकालाइ देख्न सकिन्छ । भिडियोको निर्देशन पनि तिमिल्सिनाले नै गरेका हुन् ।
यस अघि म हाँ थिए यस्तो बनायौ तिमिले ….. ‚आइ लब यु…… ‚ जन्ति जाने हो……. ‚ परदेशी ……लगायतका गीतहरु पस्कि सकेकी ढकालको यो गितमा पनि श्रोता दर्शकको मन जित्न सक्ने स्वर शब्द र सँगित सँयोजन रहेको छ ।
मायामा सर्वस्व समर्पण गर्न चाहनेहरुका लागि निशुले ल्याइन “मेरो प्रेम”
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

