महाभारा साना किसानमा पुन: तिलककै जीत

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । सोमबार सम्पन्न साना किसान सहकारीको चुनाबमा अध्यक्ष पदका लागि तिलक राजवँशी निर्वाचित भएका छन् । उनि नेकपा निकट प्यानलका हुन् । उनले ३ सय ६७ मत प्राप्त गरि जीत हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेका र राप्रपा निकटको सँयुक्त प्यानलका देबेन्द्र नारायण राजवँशीले ३ सय ३६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि उपाध्यक्ष पदमा नेका र राप्रपाको सँयुक्त निकट प्यानल का कुबिर सिँह राइले ३५२ मत प्राप्त गरि बिजय हासिल गरेका छन् भने नेकपा प्यानलका नइन्द्र काफ्लेले ३२४ मत प्राप्त गरेका छन् ।
लेखा सँयोजकमा नेकपा निकट महानन्द रिमालले ३६१ मत प्राप्त गरि जीत हात पारेका छन् भने नेका र राप्रपा निकट गणेश पोख्रेलले ३२५ मत पाएका छन् ।
लेखा सदस्यमा नेकपा निकट फडिन्द्र ढुँगेलले ३५१ र गीता खरेलले ३४१ मत प्राप्त गरि बिजय हासिल गरेका छन् भने नेका राप्रपा निकट गौबिन्द ढुँगेल र देब नारायण राजवँशीले क्रमश ३३६ र ३१५ मत प्राप्त गरेका छन् ।
टोल प्रतिनिधिमा ६ल नँबर १ २ ४ ५ ७ र ९ मा नेकपा निकटका रोहित घिमिरे इन्द्र उप्रेती कृष्ण पौडेल टेक बहादुर योङ्या नारायण राजवँशी र कृष्ण राजवँशीले क्रमश क्रमश ४८ ७९ ५५ १५ ५१ र १८ मत प्राप्त गरि बिजयी भएका छन् भने टोल नँ ३ ६ र ८ मा नेका र राप्रपा निकट प्यानलका श्रवण कुमार यादब शान्ता मैनाली र इन्द्र राजनवँशीले क्रमश ४८ २० र ५९ मत प्राप्त गरेका छन् । ३ नँबर टोलका स्वतन्त्र उम्मेदबार सुमन राइले १४ मत प्रापत गरेको कुरा निर्वाचन समिती सँयोजक गँगा प्रसाद ढुँगानाले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *