गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले बहुचर्चित र बिबादित लोक सेवा सदन (अतिथी सदन ) परियोजनाको काम अघि बढाएको छ । गाउँपालिकाले अतिथी सदनका लागि बिनियोजन गरेको रकम बाट घेराबाराको काम शुरु गर्न वडा कार्यालयले सोमबार उपभोक्ता समिती गठन गरेको छ ।
वडाध्यक्ष मखना महतोको सभापतित्वमा बसेको भेलाले श्रवण गिरीको अध्यक्षतामा उपभोक्ता समिती गठन गरेको हो । भेलाले गँगा राजवँशीलाइ सचिब र रुश्रपा श्रेष्ठलाइ कोषाध्यक्ष मा चयन गरेको छ । त्यसै गरि अर्जुन राउत उत्तम दास सीता महतो कल्पना श्रेष्ठ किरण मोदी र पाण्डव झालाइ सदस्यमा चयन गरेको छ । भेलाले नौ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ । श्याम ढकालको सँयोजकत्वमा बनेको सल्लाहकार समितीमा ज्ञानबहादुर कार्की नरबहादुर कार्की दुर्गा मण्डल दुर्लभमान श्रेष्ठ बाबुराम कटुवाल अमरकान्त झा भक्ती तिम्सीना र सिताराम खड्कालाइ चयन गरिएको छ ।
गौरीगञ्ज ३ स्थित अतिथी सदनको जग्गामा श्याम कृष्ण चौधरीको अध्यक्षतामा रहेको सँस्थापन पक्षको दाबी रहदै आएको छ भने जग्गाको स्वामित्वको बिषयलाइ लिएर गौरीगञ्ज गाउँपालिका ले मालपोत कार्यालयमा सो जग्गा रोक्काको प्रकृया अघि बढाए पछी सँस्थापन पक्षले अदालतमा मुद्दा दर्ता गराएका थिए । हाल मुद्दा अदालतमै बिचाराधिन छ ।
अघि बढ्यो अतिथी सदनको काम : बन्यो उपभोक्ता समिती
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

