नेतृत्व तथा सँस्थागत बिकास तालिम सम्पन्न

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । सँस्था तथा समितीका महिला पदाधिकारीहरुका लागि नेतृत्व तथा सँस्थागत बिकास सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको सभाहलमा मँगलबार र बुधबार भएको सो तालिममा गौरीगञ्ज भित्रका बिभिन्न सँस्था तथा समितीमा अबद्ध ३५ जना महिला पदाधिकारीहरु सहभागि भएका थिए ।
पहिलो दिनको सत्रमा अर्जुनधारा नपाबाट आएकी प्रमुख सहज कर्ता पबित्रा देवी बस्कोटाले नेतृत्व बिकास सँबन्धी बिषयमा सहजीकरण गरेकी थिइन् भने दोश्रो दिनको सत्रमा प्रमुख सहज कर्ता अर्जुन दँगालले सहकारी तथा सँस्थागत बिकास बिषयमा सहजिकरण गरेका थिए ।
महिला तथा बालबालिका शाखा गौरीगञ्ज गाउँपालिकाको को आयोजनामा सो तालिम सम्पन्न भएको कुरा कार्यक्रम सँयोजक शुष्मा कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *