महरा बिरुद्ध जवर्जस्ती करणी मुद्दा : ५ वर्ष कैदको माग

पढ्न समय: 1 मिनेट

काठमाडौं : यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। 

संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरा असोज १९ गते पक्राउ परेका हुन्। असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।  

- Advertisement -
Ad image

अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता  गरेको हो। अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। सँगै पदीय मर्यादा विपरित कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ। उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ। अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ । 

मुद्दा दर्ता भएपछि महरालाई प्रहरीले फेरि थुनामा लगेको छ ।

अन्नपुर्ण पोस्ट डटकमबाट 
 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *