कपिलबस्तुमा अनिश्चित कालिन कर्फ्यु : गोली लागेर गयो एकको ज्यान

पढ्न समय: 1 मिनेट

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको उज्यालो सहकर्मी गोपाल भण्डारीले जनाएका छन् । 

लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

- Advertisement -
Ad image

कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर-पश्चिमतर्फ सात सय मिटर र पूर्वतर्फ तीन सय मिटरको क्षेत्रमा कर्फ्यू जारी गरेको छ । कर्फ्यूको अवज्ञा गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ । 

बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि बुधबार प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो । 

उज्यालो अनलाइनबाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *