चोरीको मोटर साइकल सहित दुइ जना गौरीगञ्ज प्रहरीको नियन्त्रणमा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज १३ फागुन । इलाका प्रहरी कार्यालय गौरीगञ्जले चोरीएको मोटर साइकल सहित दुइ जनालाइ नियन्त्रणमा लिएको छ । बिआर ३८ के ८१३५ नँबरको भारतिय नँबर प्लेटको सुपर स्पलेण्डर मोटर साइकल सहित गौरादह ७ ग्वालडुब्बाका कालचन माक्रा र गौरीगञ्ज ६ देविगञ्जका शरदकुमार माक्रालाइ नियन्त्रणमा लिएको हो । मँगलबार बिहान ग्वालडुब्बा बजार स्थित घर बाट मोटरसाइकल सहित दुबै जनालाइ नियन्त्रणमा लिइएको कुरा जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता महेन्द्र श्रेष्ठले जनाएका छन् ।
गौरीगञ्ज ६ देबिगञ्जका उपेन्द्र यादवले बिबाहमा दाइजोको रुपमा पाएको सो मोटरसाइकल सोमबार राति घरको बरण्डाबाटै चोरी भएको थियो । समातिएका दुबैलाइ चोरी अन्तर्गत मुद्दा चलाइने कुरा प्रबक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *