फागुन १५ देखि हातीपाइले रोग बिरुद्धको औषधी खुवाइदै ।

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । हातीपाइले रोगका नयाँ बिरामी पुन देखा परेपछी फागुन १५ गते देखि हाती पाइले रोग बिरुद्धको औषधी खुवाइने भएको छ । यो अभियान झापा इलाम लगायत देशको १५ वटा जिल्लामा चलाइदैछ ।
हातीपाइले रँगका जिवाणु शरिरमा पसेको ६ देखि १० बर्ष पछी ज्वरो आउने अण्डकोष सुन्नीने स्तनमा गिर्खा देखा पर्ने सुक्खा खोकी लाग्ने र खुट्टा सुन्निने जस्ता लक्षणहरु देखा पर्दछ ।
गौरीगञ्ज गाउँपालिकामा एक कार्यक्रममा बोल्दै डा बिद्या पोख्रेलले २ वर्ष मुनिका बालबालिका ७० बर्ष माथिका बृद्धबृद्धा गर्भवती ७ दिनको सुत्केरी मुटु मृगौला लगायतका दिर्घ रोगी र अशक्तले यो औषधी खान नहुने कुरा बताउनु भयो ।
औषधी फागुन १५ गते खोप केन्द्रमा र १६ गते देखि स्वास्थ्यकर्मीहरु घर घर गइ औषधी खुवाइने कुरा गौरीगञ्जका स्वास्थ्य शाखा प्रमुख बिकास पौडेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *