प्रतिनिधि सभा बिघटन बिरुद्ध झापामा राँके जुलुस

पढ्न समय: 1 मिनेट

जेठ ९ बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले आज साँझ झापामा राँके जुलुश निकालेको छ ।
नेविसंघ जिल्ला समिति झापा र नगर समिति बिर्तामोडको आयोजनामा बिर्तामोडमा राँके जुलुश निकालियो । कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम गर्दै १० जनाले मात्र जुलुश निकालेको जिल्ला नेता याम भुजेलले जानकारी दिए । त्यस्तै नेविसंघ बाह्रदशीले पनि आज साँझ राँके जुलुश निकाल्यो । राजगढ बजार पेरिफेरिमा जुलुस निकाल्दै कोणसभा गरिएको थियो ।कोणसभालाई नेविसघ सभापति मिलन बस्नेतले संबोधन गरेका थिए ।

प्रतिदिन दैनिक बाट

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्