
गौरीगञ्ज । सिभिल बैँक लिमिटेडको भद्रपुर शाखाले बैँक स्थापनाको नवौ बार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी भद्रपुरको प्रबिधिको सहयोगमा सम्पन्न रक्तदानमा ३५ जनाको सहभागिता रहेको कुरा बैँकमा भद्रपुर शाखा रिलेशनसिप म्यानेजर कमल दाहाल लेजनाएकाछन् । रक्तदानमा सहभागिलाई बैँक शाखाले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

