गौरीगञ्ज । नेकपा झापाको कार्यदलको बैठकले झापाका १५ वटा स्थानीय तहको १ सय ३१ वटा वडा मध्ये १२० वटा वडाको नेतृत्व चयन गरेको छ भने गौरीगञ्ज गाउँपालिकाका सबै ६ वटै वडाको नेतृत्व चयन टुँगोमा पुर्याएको छ ।
गौरीगञ्ज वडा नँ १ मा अध्यक्षको जिम्मेबारी बुधनारायण राजवँशीलाइ दिइएको छ भने सचिबको जिम्मेबारी ओमकान्त बराललाइ दिइएको छ । राजवँशी तत्कालिन माओबारी केन्द्र र बराल एमाले आबद्ध थिए । त्यसै गरि वडा नँ २ मा अध्यक्ष टेकनारायण राजवँशीलाइ र सचिबको जिम्मेबारी आनन्दलाल राजवँशीलाइ दिइएको छ । अध्यक्ष राजवँशी माके र सचिब राजवँशी एमाले आबद्ध थिए ।
वडा नँ ३ को अध्यक्षको जिम्मेबारी रुपक कुमार श्रेष्ठलाइ दिइएको छ भने सचिबको जिम्मेबारी टँक थापालाइ दिएइको छ । श्रेष्ठ एमाले र थापा माके आबद्ध थिए । वडा नँ ४ मा अध्यक्षको जिम्मेबारी सन्तलाल ताजपुरियालाइ र सचिबको जिम्मेबारी श्रवण कुमार ताजपुरियालाइ दिइएको छ । अध्यक्ष ताजपुरिया माके बाट र सचिब ताजपुरिया एमालेबाट चयन गरिएको हो । त्यसै गरि वडा नँ ५ मा अध्यक्ष अशोक कुमार ताजपुरिया लाइ र सचिब मनोज कुमार गन्गाइलाइ दिइएको छ । ताजपुरिया एमालेबाट र गन्गाइ माके बाट छनौटमा परेका हुन् । वडा नँ ६ मा अध्यक्ष मान बहादुर राजवँशीलाइ र सचिबको जिम्मेबारी शिबनारायण यादवलाइ दिइएको छ । राजवँशी एमालेबाट र यादव माके बाट छानिएका हुन ।
नेकपा झापा कार्यदलको बैठक द्वारा गौरीगञ्जका सबै वडाको नेतृत्व चयन
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

