गौरीगञ्ज । समुदाय — प्रहरी ले एसइइका बिद्यार्थीहरुलाइ चेतना मुलक सन्देश सहितको पर्चा बितरण गरेको छ । सोमबार एसइइ परीक्षाको अन्तिम दिन गौरीगञ्ज माबि केन्द्रका परीक्षार्थीहरुलाइ सो पर्चा बाडिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश राज मैनाली द्वारा हस्ताक्षरित सन्देशमा बिद्यार्थीहरुलाइ एसइइ परीक्षाको पुर्ण सफलताको कामना गर्दै लागु औषध बिरुद्ध बिभिन्न चेतना मुलक सन्देशहरु ब्यक्त गरिएको छ ।
एसइइ परीक्षा दिइ सकेपछीको खाली समयमा बिद्यार्थीहरु लाइ लागु औषध बिरुद्ध चेतना जगाउन गौरीगञ्ज वडा नँ ३ का वडाध्यक्ष मखना महतो गौरीगञ्ज माबिका प्रअ गोबिन्द घिमिरे लगायत इलाका प्रहरी कार्यालयको टोली पर्चा बितरणमा आफै खटिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

