धनुषामा बम् बिष्फोट : २ को मृत्यु ६ घाईते

पढ्न समय: 1 मिनेट

धनुषा – धनुषाको छिरेश्वर नगरपालिका-५, महेन्द्रनगर बजारमा बम विष्फोट हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएकाखबर उज्यालो अनलाइनमा छ ।

शुक्रबार मध्यरातमा भएको विस्फाेटमा महेन्द्रनगरका राजेश्वर साह र उहाँका छोरा आनन्द साहको ज्यान गएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर खनालले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

घर नजिकै राखिएको बम विस्फाेट हुँदा राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ । विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको डीएसपी खनालले जानकारी दिनुभयो ।

दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ । विष्फोटबाट राजेश्वरको घरमा सामान्य क्षति पुगेको छ । बेलुकै देखि बम राखिएको हल्ला चलेको र राति विस्फाेट भएको स्थानीय बासिन्दाले बताएका छन् । विस्फाेट प्रहरी चौकी नजिकै भएको हो । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *