गौरीगञ्ज १६ कार्तिक । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को नकआउट राउण्ड पार गरि झापा जुरोपानीका गायक बलबहादुर राजवँशी लाइभ राउण्डमा पुगेका छन् । शुक्रबार राती प्रसारण भएको शो मा उनि उत्कृष्ट प्रस्तुति दिदै लाइभ राउण्डमा प्रबेश गरेका छन् ।

गएराती प्रसारित शो मा कोच प्रमोद टिमबाट पहिलो समुहका दुइ प्रतिस्पर्धीहरु शाही किरण लम्साल र बिशाल राइलाइ उछिन्दै उनले लाइभ राउण्डमा प्रवेश पाएका हुन् ।
कार्यक्रममा प्रतिस्पर्धाका लागि बलबहादुर राजवँशीले स्वर सम्राट नारायण गोपालको कालजयी गीत यहाँ गलति हजार हुन्छन् प्रस्तुत गरेका थिए भने शाही किरण लम्सालले स्वर सम्राट नारायण गोपालकै तिमी जुन रहरले ममा मिल्न आयौ गाएका थिए । त्यसै गरि अर्का प्रतिस्पर्धी बिशाल राइले काली प्रसाद बास्कोटाको हेरी रहन देउ मलाइ गाएका थिए । तिनै जनाको प्रस्तुतीट्ठ पछी प्रमोद बाहेकका तिन जना कोच मध्ये दुइ जना कोचहरु राजु र दिपको छनौटमा बलबहादुर परेका थिए ।
त्यसै गरि हिजो प्रसारित शोमा टिम प्रमोद कै अर्का दुइ समुह बाट मेचु धिमाल र राम लिम्बु ले पनि नकआउट राउण्ड पार गरि लाइभ राउण्ड पुग्न सफल भएका छन् ।

