प्याबसन गौरीगञ्जको पालिका स्तररीय गायन तथा नृत्य प्रतियोगिता शुरु

पढ्न समय: 2 मिनेट


गौरीगञ्ज २८ मँसिर । निजि तथा आबासीय बिद्यालयहरुको छाता सँगठन प्याबसन गौरीगञ्जले नियमित बार्षिक कार्यक्रम अन्तर्गत पालिका स्तरीय दुइ दिवसीय गायन तथा नृत्य प्रतियोगिता को आज उद्घाटन गरिएको छ ।
गौरीगञ्ज ३ कोरोबारी स्थित सनसाइन बोर्डिङ स्कुलको प्राँगणमा योजित प्रतियोगिताको ब्यानर पढेर गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन शनिबार १२ बर्ष मुनि र १२ बर्ष माथिका बिद्यार्थीहरुको छुट्टाछुट्टै गायन प्रतियोगिता र निमाबि स्तरका बिद्यार्थीहरु बिच राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
१२ बर्ष उमेर मुनिका गायन प्रतियोगितामा देबकोटा माबिका भरत ढकाल प्रथम क्रिमसन स्कुलका अनुराग राजवँशी द्वितिय र डनभिलेज बोर्डिङका रोहन नेपाली तृतिय भएका छन् ।
१२ बर्ष माथिको उमेर समुहको गायन प्रतियोगितामा ज्ञानकुञ्ज एकाडेमीका अँकित काफ्ले प्रथम देबकोटा माबिकी हृतिका कार्की द्वितिय र क्रिमसन स्कुलका पुकार सिजापती तृतिय भएका छन् ।
त्यसैगरि राष्ट्रिय गीत नृत्य तर्फ ज्ञानोदय माबि प्रथम स्नोह्वाइ स्कुल द्वितिय र युनिभर्सल एकेडेमी तृतिय भएका छन् ।
प्याबसन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीको सभापतित्वमा शुरुभएको कार्यक्रमको पहिलो दिन प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए भने उपाध्यक्ष दिपेन्द्र थापा वढाध्यक्षहरु अघनु राजवँशी मखना महती लगायतको उपस्थिती थियो । त्यसै गरि प्याबसन झापाका जिल्ला अध्यक्ष एलपी उप्रेती जिल्ला सचिब जनार्दन ढकाल प्याबसन प्रदेश नँ १ का सदस्य बिआर सुबेदी लगायतको समेत उपस्थिती रहेको थियो ।
आइतबार प्रबि तहको आधुनिक नृत्य र माबि तहको साँस्कृतिक नृत्य प्रतियोगिता रहने कुरा अध्यक्ष कमल राजवँशीले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *