थप १५ जनामा सँक्रमण पुष्टी सहित झापामा कोरोना सँक्रमितको सँख्या २७ पुग्यो

पढ्न समय: 1 मिनेट


नेपालमा थप १७ जनामा कोरोना सँक्रमण पुष्टी भएकोछ । जसमध्ये १५ जना झापाको रहेको खुलेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।

झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका गरि १५ जना पुरुषमा सँक्रमण देखिएको हो । यस अघि झापा कचनकबल कै १० जना पुरुषहरुमा सँक्रमण पुष्टी भइसकेको छ भने दमक र बाह्रदशीनासमेत १-१ जना सँक्रमित फेला परेको थियो ।
यो सँगै झापामा सँक्रमितको सँख्या २७ पुगेकोछ भने दमक र बाह्रदशीका सँक्रमित हरु कोरोना मुक्त भइसकेका छन् ।

- Advertisement -
Ad image

आज थपिएका १७ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये उदयपुरको भुल्केका आठ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४५ पुगेको छ भने २ को मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *