
नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो ।
झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २५, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका गरि १५ जना पुरुषमा र धनकुटाका ३४ वर्षका पुरुष, तथा सुनसरी धरान उपमहानगरपालिकाका ५१ वर्षका महिलामा पनि सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
आज थपिएका १७ जनासहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ सय ४४ पुगेको छ । सङ्क्रमितमध्ये उदयपुरको भुल्केका आठ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४५ पुगेको छ भने २ को मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

