मधेसी समुदायको अपमान गर्ने टेलिभिजन कार्यक्रम बिरुद्ध सञ्चार मन्त्रालयमा उजुरी

पढ्न समय: 1 मिनेट


८ जेठ, गौरीगञ्ज । कृषि टिभि नेपाल नामक टेलिभिजन मार्फत जेठ ६ गते प्रसारण भएको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा प्रयोग गरिएका शब्द र हाउभाउले मधेसी समुदायको खिल्लि उडाएको तथा मधेसी समुदायको अपमान गरेको कुरा बिभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उठेपछी प्रदेश नँ २ सरकारले सो टेलिभिजन कार्यक्रम बिरुद्ध सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयमा उजुरी दिएका छन् ।
उक्त कार्यक्रममा प्रयोग भएका शब्द र हाउभाउका कारण आम जनताहरुको गुनासो आएको र यस प्रति प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको जनाउदै कानुन बमोजिम यस्ता विभेदकारी कार्यक्रम बनाउने उपर कार्वाहीको माग गरिएकोछ । उक्त उजुरीमा मधेसी समुदायका हास्य बिषयका रुपमा प्रयोग गर्ने ‘ह्वाट्स द फ्लप’ र ‘जोगिन्दर बोले प्रणाम जी’ लगायतका कार्यक्रम उपर पनि रोक लगाउने माग गरिएको छ ।

उजुरी यस प्रकार छ –

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *