गौरादह । गौरीगञ्ज दमक सडक खण्ड अन्तर्गत भेटुवाल चोकमा टिप्परको ठक्करबाट एक दस बर्षे बालकको मृत्यु भएको छ । सोमबार दिउसो करिब २ बजे गौरीगञ्ज तर्फ आउदै गरेको मे १ ख २७०४ नँबरको टिप्परको ठक्करबाट गौरादह ७ ठकठकेका ओमराज गिरीको मृत्यु भएको स्थानिय ले जनाएको छ ।
ठक्कर दिने टिप्पर र चालक सोमप्रसाद बजगाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

