मकै खेतीबाट मनग्गे आम्दानी

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका, सुनवर्सि नगरपालीका काे दक्षिणी भेगमा बसाेबास गर्ने कृषक हरु अहिले मकै बाली भित्र्याउन ब्यस्त हुन थालेका छन । अन्यवाली काे तुलनामा मकै खेती बाट राम्रो आमदानी हुन थाले पछि माेरङ का कृषक हरु मकै खेती तर्फ आकर्सित हुन थालेका हुन । भिरपाखा तथा बलाैटे माटाेमा समेत उत्पादन हुन थालेपछि अहिले मकै काे समयमा बाँझो खेत समेत हरिया र भरिभराउ देखिन थालेको छ । फाल्गुन महिनामा राेपेर जेठ महिना मा मकै टिपने गरिन्छ । अरु बाली भन्दा मकै खेती मा धेरै खर्च र मेहनत गर्नुपर्ने भएको मुन्नी देवि सरदार लेे बताईन । दुई बिधा खेती अदियामा लिएर उनले मकै खेती गरेकि हुन । उनले भनिन स्थानीय सरकारले हाम्रो पिर मार्का कहिले बुझेनन् कृषक का लागि नत कुनै अनुदानै छ तन उत्पादन गरेको बस्तुकाे सहि मुल्यांकन गरिन्छ ! जेठ महिना काे पहिलो साता मा तीन हजार दुई सय रुपैयाँ कुईटल मा खरिद गर्ने गरेका व्यपारी ले अहिले कहिले काहिँ काे पानी परेकाे हुनाले व्यपारी हरुले आफू खुशी मकैकाे भाउ कम गरेको बताए । व्यपारी हरुले कृषक हरु लाई मकै मा पानी परेको र राम्रो नभएको भन्दै मकै काे मुल्य कम गर्ने गरेको कृषकहरु बताउँछन् । अहिले वजारमा बिक्री गर्ने समयमा १७ सय रुपैयाँ कुईटल मा खरिद गर्ने गरेको उनी हरु बताउँछन् । रंगेली का कृषक दिपेन्द्र थापा का अनुुुुसार भारत बाट मकै काे विउविजन खरिद गरेर ल्याएकाे सबै राम्रोसँग उम्रिने घाेघा समेत राम्रो हुने गरेता पनि नेपाल
मा उत्पादन हुने मकै काे बीउ भने राम्रो र नभए नउम्रिने , घाेघा समेत सानाे हुने र उत्पादन मा समेत कमि अाउने गरेको आउने गरेको बताए । भारतमा चार केजि ५ सय रुपैयाँ माेरु देखि २ हजार रुपैयाँ समेत मा खरिद गर्नुपर्ने भएकाे छ । नेपाल मा भने साेही मकै काे बीउ चार केजी काे १ हजार रुपैयाँ देखि ३ हजार रुपैयाँ पर्ने गरेको कृषक हरु बताउँछन् । एक बिधामा खेतमा बिउ ,मलखाद, पानी गाेडमेल ,र मकै घर सम्म पुर्यउन ५० हजार रुपैयाँ बराबरको खर्च हुने गरेकाे कृषक हरु बताउँछन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *