झापा जिल्ला सहकारी सँघको कोषाध्यक्षमा आठमौजा सहकारीका दँगाल निर्वाचित

पढ्न समय: 2 मिनेट

झापा जिल्ला सहकारी सँघ लिमिटेड को सँचालक समितिको कोषाध्यक्ष पदमा गौरीगञ्ज ६ का अर्जुन दँगाल निर्बाचित भएका छन् । दँगाल गौरीगञ्ज ६ स्थित आठमौजा बचत तथा ऋण सहकारी का अध्यक्ष हुन् ।

समितिका अन्य पदहरुमा निर्बिरोध पदाधिकारी चयन भएपनि कोषाध्यक्ष पदका लागि दुइ जना दाबेदार भएपछी सो पदका लागि चुनावि प्रतिस्पर्धा गरिएको थियो । उनि आफ्ना प्रतिद्वन्द्वि खडानन्द गुरागाई (राष्ट्र सेवक सहकारी चन्द्रगढी) लाइ भारी मतले पराजित गर्दै विजयी भएका हुन् । कोषाध्यक्ष पदका लागि खसेको १ सय २७ मत मध्ये दँगालले १ सय १९ मत प्राप्त गरेका थिए भने दुई मत बदर भएको थियो । उनका प्रतिद्वन्दी गुरागाई ले ६ मत मात्र ल्याएका थिए ।

- Advertisement -
Ad image

समितिको अध्यक्ष मा पुर्व नेपालका गणेश ढकाल निर्बिरोध चयन भएका छन् भने बरिष्ठ उपाध्यक्ष पदका लागि सहारा नेपाल का महेन्द गिरी निर्बिरोध छानिएका छन् । त्यसैगरी उपाध्यक्ष मा प्रेम कुमार कोइराला , महिला उपाध्यक्ष मा चम्पादेवी खनाल सुबेदी, सचिव मा भवानी प्रसाद दँगाल, सह सचिवमा कृष्ण प्रसाद मिश्र तथा खुल्ला सदस्य हरुमा नारायण प्रसाद गौतम, दुण्डीराज गुरागाई, कृष्ण पौडेल, चन्द्रकला अधिकारी, चन्द्रकला भण्डारी, बिन्दा थापा, र पुष्पा उप्रेती निर्बिरोध निर्बाचित भएका छन् । क्षेत्र नँ १ को क्षेत्रिय सदस्य मा देवीमाया अधिकारी, २ नँबरको क्षेत्रिय सदस्य मा केशब बस्नेत, ३ नँबरको क्षेत्रिय सदस्य मा नवराज भट्टराई, ४ नँबर कि क्षेत्रिय सदस्य मा तिलक प्रसाद राजवंशी र ५ नँबर को क्षेत्रिय सदस्य मा नारायण प्रसाद भट्टराई निर्बिरोध निर्बाचित भएका छन् ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति को सँयोजकमा चुडामणि ओझा र सदस्य मा प्रेमसागर सापकोटा निर्बिरोध निर्बाचित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्