झापामा आज ११ सँक्रमित थपिए

पढ्न समय: 1 मिनेट

१० असार गौरीगञ्ज । आज झापामा थप ११ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । सँक्रमित हरु मेचिनगर नगरपालिकाका १० जना र शिवसताक्षी नगरपालिकाका १ जना रहेका छन् ।
जन स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइका अनुसार आज संक्रमित हुनेहरुमा ५ वर्षीय बालकसहित ६५ वर्षीय बृद्धसम्म छन् । उनीहरु सबै क्वारेन्टाइनमा बसेका थिए ।

आज ११ जना थप भएसँगै झापामा कुल सँक्रमितको सँख्या २१६ पुगेको छ ।
कचनकवल १२८, गौरीगञ्ज १७, बुद्धशान्ति ११, मेचीनगर २८, बाह्रदशी ७, भद्रपुर ६, हल्दिबारी ६, अर्जुधारा ५, कन्काई ४, गौरादह ४, दमक ३, झापा गापा २, बिर्तामोड २, कमल गाउँपालिका १ र शिवसताक्षीमा २ जना सँक्रमित पुगेको छ ।
त्यसै गरि झापामा ११ सहित आज देशभर ६ सय २९ जना थप कोरोना संक्रमित फेला परेका छन् । ।
योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।
त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १०६ पुरुष र ८ महिला छन्। यीसहित कुल २ हजार ३ सय ३८ जना निकाे भइ घर फर्किएका छन्।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्