छुट अस्थायी करार शिक्षकहरु आन्दोलित

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । २०७२ साल असोज ३ गते पछी करारमा नियुक्त भएका अस्थायी शिक्षकहरु आन्दोलित भएका छन् । गत बर्ष असोजमा सँचालन भएको शिक्षाक सेवा आयोगको नतिजा प्रकाशन सँगै सो परिक्षामा समाबेश हुन बाट बञ्चित गरिएका ७२ साल असोज ३ गते पछी नियुक्त शिक्षकहरुको पेशा धरापमा परे पछी उनिहरु आन्दोलित भएका हुन् ।
शुक्रबार एक प्रेस बिज्ञप्ती जारि गर्दै छुट अस्थायी शिक्षकहरुले नसयुक्ती प्रकृया सँगसँगै मितीका कारण कहि कतै कुनै कनिष्ठताका आधारमा बिस्थापित गर्न परेको खण्डमा बिगतका बर्षहरुमा जस्तै जिल्ला भित्र रहेका रिक्त राहत दरवन्दी हरुमा स्थापित गर्नु पर्ने महत्वपुर्ण बिषयलाइ पनि शिक्षा बिकास तथा सामान्य इकाइ झापा समक्ष बिनम्रताका साथ अनुरोध गरेका छन् ।

- Advertisement -
Ad image


उनिहरुले समस्या समाधान नभए कडा धन्दा कडा बिरोधको कार्यक्रम लिएर अघि बढ्ने समेत बिज्ञप्ती मार्फत चेतावनी दिएका छन् । छुट अस्थायी करार शिक्षक सँघर्ष समितीका तर्फबाट प्रदेश १ का अध्यक्ष अध्यक्ष पुर्ण नारायण राजवँशी र जिल्ला अध्यक्ष माधबप्रसाद गौतम द्वारा हस्ताक्षरित बिज्ञप्तीमा सरकारले हाल गरेको नियुक्ती प्रकृयाबाट कोहि अस्थायी शिक्षक बिस्थापित गर्न नहुने कुरा समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *