पसलमा ग्राहकको भिडले सडक नै जाम भएपछी

पढ्न समय: 2 मिनेट

बाहिर सडकदेखि रङरोगन नगरिएको एक भवनभित्रको भुइँतलासम्म मान्छेको घुइँचो। बाटो नै बन्द हुने गरीको भीड। भीड व्यवस्थापन गर्न खटिएका प्रहरी।

यो दृश्य कुनै सरकारी कार्यालयका सेवाग्राही वा कोरियाली भाषा परीक्षाको आवेदन भर्ने युवाको भीडको होइन। बरू एक पसलमा सामान किन्न तँछाडमछाड गरिरहेका ग्राहकको हो।

- Advertisement -
Ad image

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एक पसलमा गत आइतबारदेखि हरेक दिन यस्तै दृश्य दोहोरिन्छ। मान्छेहरू सामान किन्न बिहान झिसमिसे उज्यालो नहुँदै पसलअगाडि पुगिसकेका हुन्छन्।     

वीरेन्द्रचोक नजिक बनेको एक व्यापारिक कम्पलेक्समा खुलेको ‘तेन्जिन लमु क्लोथिङ स्टोर’ नामको एक पसलले सस्तोमा सामान दिन थालेपछि बिहानदेखि राति अबेरसम्म त्यहाँ भीड लाग्न थालेको छ।

पसलमा भएका हरेक सामान ६०० रुपैयाँमा पाइने भएपछि ग्राहक उक्त पसलमा झुम्मिएका हुन्।

पसलमा जाडोमा चाहिने लत्तापकडा, हटकेश, तन्ना, पर्दा, गलैंचालगायत घरायसी सामान राखिएको छ।

बिहान ५ बजेदेखि ग्राहकको लाइन लाग्ने गरेको पसलका कर्मचारी बाबु केसीले बताए।

उनक अनुसार दैनिक १० लाख रूपैयाँसम्मको कारोबार हुने गरेको छ।


ग्राहकको भीड थेग्न नसकेपछि पसल साहुले टोकन प्रणाली लगाएका छन्। टोकनबिनाका मान्छे पसलभित्र छिर्न नपाऊन् भनेर प्रहरी खटिएको छ।

‘सुरूमा ग्राहकको भीड थाम्नै गाह्रो थियो। अहिले टोकन सिस्टम गरेपछि सजिलो भएको छ,’ केसीले भने।

बिहीबार दिउँसो सेतोपाटी संवाददाता पुग्दा पनि पसलअघि लामो लाइन थियो। लाइनमा रहेका महेन्द्र शाहीले  अरूतिर महंगोमा पाइने सामान  सस्तोमा पाइने भएकाले आफू बिहीबार बिहानदेखि लाइन बसेको बताए।

‘अन्त महंगो पर्ने सामान पनि यहाँ ६०० मै पाइने रहेछ, त्यही भएर बिहान ६ बजेदेखि लाइनमा बसें,’ शाहीले भने, ‘ ५ बजेदेखि लाइन लागेकाहरू पनि छन्।’

भवनको दोस्रो तलामा रहेको पसलले कात्तिक २४ गतेदेखि सामान बेच्न थालेको हो।  पसलबारे कुनै पनि प्रकारको विज्ञापन गरिएको छैन।

सेतोपाटी डटकमबाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *