चाँड पर्वलाई लक्षित गर्दै रँगेलीमा सँयुक्त नागरिक सहायता कक्ष सञ्चालनमा

पढ्न समय: 2 मिनेट



रबिन्द्र बराल
रँगेली, असाेज १ बुधबार । माेरङकाे सिमाबर्ति क्षेत्रमा पर्ने ६ बटा स्थानमा नेपाल भारत काे संयुक्तरूपमा मंगलबार देखि नागरिक हरुका लागि साहयता कक्ष सुरु भएको छ । बिगत बर्ष झै यस बर्ष पनि नेपाल भारत काे सिमानामा पर्ने रंगेली नगरपालिका ४ स्थित चाेप्राहा, रतुवामई नगरपालिका ८ स्थित बलडङ्ग बेश क्याप ले भने अाफ्नाे महात्मा रहेको सुनवर्सि नगरपालिका ८ स्थितल सिक्टि मा राखिएको छ । त्यसैगरी धनपालथान गाउँ पालिका नगरपालिका ३ स्थित मायाँगन्ज बेश क्याप , धनपालथान कै चाेना बेश क्याप , बिराटनगर महानगरपालिका काे वखरी बेश क्याप, र जहदा गाउँ पालिका काे भुटाहा बेश क्याप मा रहेका ससस्तत्र बेश क्याप नजिकै मा रहेको सिमाक्षेत्रमा संयुक्त नागरिक साहयता कक्ष राखिएको हाे । नेपाली हरुकाे महान चाडपर्व नजिकिँदै जाँदा नेपाल भारत सिमानामा चाेरी,लुटपाट तथा अपराधीक क्रियाकलाप गर्ने समूह हरु बडन सक्ने भएको हुनाले उक्त क्रियाकलाप का लागि नियन्त्रण तथा राेकथाम गर्ने उदेश्य ले संयुक्तरूपमा हेल्पडेक्स काे स्थापना गरिएको गड का गणपति नेत्र वहादुर कार्कीले बताए । नेपाल तथा भारत तर्फ अावतजावत गर्ने सर्वसाधारण हरु लाई कुनै पनि स्थानमा चाेरी तथा लुटपाट गरि कुनै पनि ब्यक्ति चाेरि तथा लुटपाट गरेमा पिडित पक्षले प्रहरीलाई जानकारी गराए पछि प्रहरी हरुले संयुक्तरूपमा उनी हरुकाे खाेजिकार्य गरि पक्राउ गर्ने सजिलो हुने भएको हुनाले हेल्पडेक्स स्थापना गरिएको कार्कीले बताए । साेहि क्रममा रंगेली ४ स्थित चाेप्राहामा नागरिक साहयाता कक्षकाे निरिक्षण तथा उद्धाटन गर्ने क्रममा ससस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेडक्वाटर कंकालिनि माेरङका गणपति श्री नेत्र वहादुर कार्की , रंगेली नगरपालिका मेयर दिलिप बगडिया, ससस्त्र प्रहरी बिअाेपि रंगेली का प्रमुख जितेन्द्र बस्नेत तथा भारत अररिया जिल्ला ५२ BLN का समकक्षी का SSB कमान्ड डेन्ट विरेन्द्र कुमार वर्मा ले संयुुक्त नागरिक साहयता कक्षकाे अवलम्बन समेत गरेका छन । उक्त नागरिक साहयाता कक्षमा बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म नेपाल र भारत का प्रहरी बसेर दैनिकी अावत जाजत गर्ने व्यक्ति हरु काे अाएकाे र गएकाे सवारीसाधन तथा पैदल यात्रि हरुकाे जानकारी लिने गरेको ससस्त्र प्रहरी का गणपति कार्कीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *