
मदन राजवँशी
गौरीगञ्ज‚ १ असोज । तराइको लाइफ लाइनको रुपमा लिइने हुलाकी सडकको झापा मोरँग खण्ड बल्ल कालीपत्रे हुने भएको छ । काठमाण्डौको टेकु स्थित हुलाकी राजमार्ग निर्देशनालयले गत बैशाख २५ गते आर्थिक दैनिकमा एक सुचना प्रकाशित गरेर टेण्डर प्रकृया अगाडी बढाएपछी झापाको राजषढ देखि मोरँगको बिराटनगर सम्मको हुलाकी सडक खण्ड कालीपत्रे हुने आशा पलाएको हो । यस अघि झापाको भद्रपुर देखि राजगढ सम्मको २० किमी सडक खण्ड कालोपत्रे भइसकेको कुरा निर्देशनालयको इटहरी शाखाले जानकारी दिएका छन् ।
इटहरी शाखाले दिएको जानकारी अनुसार बिराटनगरदेखि रतुवा सम्मको मोरँग खण्डमा को सडकलाइ ४ भाग र रतुवादेखि राजगढ सम्मको झापा खण्डको सडकलाइ दुइ भागमा बिभाजन गरि ठेक्का प्रकृया अगाडी बढाइएको हो । निर्देशनालयले गत भदौ २१ गते नयाँ पत्रिकामा प्रकाशित गरेको सुचना अनुसार झापा खण्डको बिज्ञापन नँबर १३ को रतुवा गौरीगञ्ज सेक्सन खण्डको कालीपत्रे निर्माणका लागि ५ वटा निर्माण ब्याबशायी कम्पनीले र बिज्ञापन नँबर १४ को रतुवा गौरीगञ्ज सेक्सन खण्डका लागि ६ वटा निर्माण ब्याबशायी कम्पनीहरुले टेण्डर हालेका छन् ।
त्यसै गरि मोरँग खण्डको बिज्ञापन नँबर १५ को रतुवा डाइनिया रँगेली सेक्सनको निर्माणका लागि ४ वटा कम्पनीले ‚ बिज्ञापन नँबर १९ को रँगेली कर्सिया कदमाहा बिराटनगर सेक्सनका लागि ३ वटा कम्पनीले‚ बिज्ञापन नँबर २० को रँगेली कर्सिया कदमाहा बिराटनगर सेक्सनका लागि ३ वटा कम्पनीले र बिज्ञापन नँबर २१ को रँगेली कर्सिया कदमाहा बिराटनगर सेक्सनका लागि ३ वटा निर्माण ब्याबशायी कम्पनीले टेण्डर भरेका छन् ।
निर्देशनालयलाइ प्राप्त सफल बोलपत्र दाताहरुको आर्थिक प्रस्ताबहरुको शिलबन्दी भदौ ३० गते टेकु स्थित निर्देशनालयमा खोलिएको तर मुल्याँकन हुन बाकी रहेको कुरा इटहरी शाखाले जनाएको छ ।
“३० गते प्रस्ताबहरुको शिलबन्दी खोलिएको छ । आर्थिक प्रस्ताबको मुल्याँकन पछी मात्र कुन कम्पनीले ठेक्का पायो भन्ने कुरा थाहा हुन्छ”— इटहरी शाखाका इन्जिनियर माधब पौडेलले बताए । पौडेलका अनुसार हुलाकी सडक कालोपत्रे गर्नका लागि सेन्टरबाट सडकको दुबै छेउ १५— १५ मिटर र सेट ब्याकका लागि ६— ६ मिटर समेत गरि जम्मा २१ — २१ मिटर सडक दाया बाया खाली गराउनु पर्ने अबस्था छ । तर मुआब्जाका लागि अहिले सम्म कुनै निर्णय नभएको कुरा उनले बताएका छन् । उनले डेढ दुइ महिना लगतै सडक निर्माण कार्य शुरु भइहाल्ने समेत जानकारी दिएका छन् ।
हुलाकी सडक कालीपत्रे हुने चर्चा चलेसँगै गत साउन १६ गते गौरीगञ्ज गाउँपालिकाले हुलाकी सडकको बीचबाट दाया बाया १५ — १५ मिटर भित्र बनेका घर टहरा सँरचना हटाउन ३५ दिने सुचना जारि गरेको थियो । तर गाउँपालिकाले दिएको म्याद गुज्रेर आज १० दिन बढी भइ सक्दा समेत कसैले पनि सडक छेउको घर टहरा सँरचना हटाउने चेष्टा गरेको देखिदैन । स्थानीय बिश्वराज रिजाल भन्छन् — सडकको सेन्टर केलाइ मान्ने भन्ने कुरामै अन्यौलता छ । स्थानीय तहले अमिन बोलाएर सडक नाप जोख गरि यहा सम्म भत्काउनु पर्छ भनेर चिन्ह लागाइ दिए पछी मात्र स्थानीयले घर टहरा हटाउने चेष्टा देखाउनेछन् ।
हुलाकी सडकको झापा मोरँगको खण्ड कालोपत्रे हुने आशा पलाए पनि यस सडक खण्डमा अति नै सुस्त गतिमा निर्माण भइ रहेका पुलहरुले सडको निर्माण प्रकृया मै शँका उब्जाएको छ । यस खण्डमा अति नै सुस्त गतिमा निर्माण भइरहेको रतुवा लेरा किस्नी बनियानी कन्काइ लगायत करिब १० वटा साना ठुला पुलको निर्माणमा ढिलाइ देखिएको छ । रतुवा पुलको निर्माण प्रकृया सम्पन्न भइ सकेपनि सडक नजोडिएकोले सँचालनमा आउन सकेको छैन भने कन्काइ को पुल पप्पु कन्सट्रक्सनले अलपत्र छोडेका छन् । किस्नी लेरा र बनियानीको पुल निर्माण अन्तिम चरणमा पुगेपनि निर्माण कार्य भने कछुवा गतिमा भइरहेको छ । कमल खोलाको पुलको काम ३० प्रतिशत पनि सम्पन्न भएको छैन । खोलाहरुमा भरपर्दो पुल नहुदा बर्षा याममा दैनिक आवत जावत गर्न एकदमै कठिन भएको कुरा स्थानीयहरु रामबहादुर राइ र एकराम राजवँशी बताउछन् ।

