खाँदबारी बाट धरान आउदै गरेको जीप अरुण नदिमा खस्यो : ६ जना बेपत्ता

पढ्न समय: 1 मिनेट

संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।

अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपालिका वडा ८ मा पर्दछ । निरन्तर बर्षाका कारण कच्ची सडकमा हिलो भएकाले जीप चिप्लिएर नदीमा झरेको हुनसक्ने संखुवासभाका डिएसपी मिम लामाले बाताए ।

- Advertisement -
Ad image

दुर्घटना लगत्तै खाँदबारीबाट परिचालित प्रहरी घटनास्थल पुगेपनि उद्धार हुन सकेको छैन । निरन्तर पानी पर्दा खोलामा बढी आइरहेकाले उद्धारमा समस्या भएको उनले बताए ।

जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि को को थिए भन्नेबारे खुल्न नसेको डिएसपी लामाले जानकारी दिएका छन् । अहिलेपनि उद्धार कार्य जारी रहेको उनले बताए ।

आवर बिराटनगर डटनेट बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *