गौरीगञ्ज क्याम्पसमा स्नातक तह प्रथम बर्षका बिद्यार्थीहरुलाइ स्वागत

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज ३० मँसिर । झापाको गौरीगञ्ज गाउँपालिका ३ स्थित गौरीगञ्ज बहुमुखि क्याम्पसमा स्नातक तह प्रथम बर्षमा भर्ना हुन आएका नब आगन्तुक बिद्यार्थीहरुलाइ सोमबार स्वागत गरिएको छ । क्याम्पस प्राँगनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि स्वातन्त्र बिद्यार्थी युनियनले नब आगन्तुक बिद्यार्थी हरुको स्वागत गरेको हो ।
क्याम्पस प्रमुख सर्वतलाल राजवँशीको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा बिबिध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
स्वाबियु सभापती देब ताजपुरियाको सभापतित्वमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख राजवँशी तथा क्याम्पसका प्राध्यापकहरुले नब आगन्तुक बिद्यार्थीहरुलाइ अबिर र खादा ओढाएर स्वागत गरेका थिए । कायक्रमको सँचालन भने कृष्ण दास बाबाजीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *