गौरीगञ्जका क्वारेन्टाइन मा बसेकाहरुलाइ निशुल्क सीम कार्ड

पढ्न समय: 1 मिनेट


३ असार गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका द्वारा सञ्चालित बिभिन्न क्वारेन्टाइन मा भारत लगायतका मुलुकहरु बाट आएर बसेका हरुलाइ नेपाल टेलिकमको निशुल्क सीमकार्ड बितरण गरिएको छ ।‌ मेची स्मार्ट सप्लायर्सको सहयोगमा इमरजेन्सी रेस्पोन्स सेन्टर झापाले बुधबार गौरीगञमज क्याम्पस क्वारेन्टाइन, सेन्ट जोसेफ स्कुल क्वारेन्टाइन र नब निर्मित अस्पताल भवन क्वारेन्टाइन मा भारत र तेस्रो मुलुकबाट आएर बसेका हरुलाइ ब्यालेन्स सहितको टेलिकमको नमस्ते सीम कार्ड बितरण गरिएको हो । ईमरजेन्सी रेस्पोन्स सेन्टर (इआरसी) ले लकडाउनका बेला अप्ठ्यारोमा परेका हरुलाइ उद्दार गर्दैआएको छ ।
खजुरगाछी माबि क्वारेन्टाइन मा बसेकाहरुका लागि भने सीमकार्ड भोलि बितरण गरिने छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्