२८ जेठ गौरीगञ्ज । झापा गौरादहका ३ जना सँक्रमित मध्ये १ जना कोरोना मुक्त भएर घर फर्केका छन् । बिराटनगर स्थित कोशी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत उनि १४ दिन पछी कोरोनालाइ जितेर फर्केका हुन । गत जेठ १४ गते सँक्रमण पुष्टी भएका गौरादह ९ बैगुन्धुराका २६ वर्षिय पुरुष आज डिस्चार्ज भएर घर फर्केको कुरा वडाध्यक्ष सिताराम भट्टराइले जनाएका छ ।
उनले सोहि वडाका थप १ जना महिलामा आज कोरोना सँक्रमण पुष्टी भएको समेत बताएकाछन् । उनलाइ उपचारका लागि बिराटनगर पठाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

