
२७ जेठ गौरीगञ्ज । जेठको पहिलो साता देखि सञ्चालनमा आएको गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन आज पहिलो पटक खाली भएको छ । जेठ२२ गते ४४ जनाको र २४ गते ३० जनाको स्वाब सँकलन गरि पिसिआर परीक्षण गर्न बिराटनगर पठाइएकोमा सबैको नतिजा नेगेटिभ आए पछी आज सो क्वारेन्टाइन मा राखिएका सबै जनतालाइ घर पठाइएको छ । त्यसैगरि नतिजा नेगेटिभ आएका नब निर्मित अस्पताल क्वारेन्टाइन का २० जनालाइ समेत आज घर पठाइएको छ ।
अब खजुरगाछी माबि क्वारेन्टाइन मा २२ जना, नब निर्मित अस्पताल क्वारेन्टाइन मा १९ जना र सेन्ट जोसेफ स्कुल क्वारेन्टाइन मा १३ जना गरि ५४ जना मात्र रहेको र सँभवत: उनिहरुको स्वाब भोलि नै सँकलन गरिने कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

