चिट्ठा पर्यो भन्दै इमोबाट ठगि गर्न खोज्ने दामुना आरतीनगरका काफ्ले प्रहरी फन्दामा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । चिट्ठा पर्यो भनेर इमो मार्फत ठगि गर्ने झापा गौरादह नपा स्थित दामुना आरति नगरका खडानन्द काफ्ले पक्राउ परेकाछन् ।
अन्दाजी ५० बर्षिय काफ्लेले सोमबार गाउले मानबहादुर राउतलाइ तपाइको नाममा मेरो साथीले आइएमइमा पैसा पठाएको छ ‚ गौरीगञ्ज जाँदा मेरो पनि पैसा आइएमइ बाट झिकेर ल्याइ दिनु भनि अर्हाएका थिए । ठगि बारे अनभिज्ञ रहेका राउत जब गौरीगञ्ज ३ स्थित लजिया मनी ट्रान्सफरमा पैसा झिक्न गए तब उनि तिन छक्क परे । ठगी बारे पुर्व सुचना पाएका गौरीगञ्ज प्रहरीले उनलाइ त्यहीबाट पक्राउ गर्यो ।
थाहै नपाइ आफु ठगि गिरोहको चँगुलमा फसेको थाहा पाएपछी उनले परहरीलाइ यसबारे आफुलाइ थाहा नभएको कुरा बताए र आफुलाइ पैसा झिकेर ल्याइदिन आग्रह गर्ने काफ्लेलाइ फोन गरि इलाका प्रहरी कार्यालय आउन भनेका थिए । राहुत लाइ पक्राउ गरेको खबर पाउने बितीकै गौरादह बाट मोवाइल स्वीच अफ गरि काफ्ले फरार भएका थिए । काफ्लेका आप्न्तहरुको सहयोगमा सोमबार नै काफ्लेलाइ बिर्तामोड स्थित एक होटलबाट प्रहरीले पक्राउ गरेको कुरा प्रहरी श्रोतले बताएको छ । भने गौरीगञ्जबाट पक्राउ परेका राउत निर्दोष देखिएकोले उनलाइ सोमबार नै छोडिएको कुरा इप्रका गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *