गौरीगञ्ज प्याब्सन द्वारा पनि सम्पुर्ण बोर्डिङ स्कुलहरुका परीक्षा स्थगित

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज ६ चैत । कोरोना भाइरसको बिश्वब्यापी त्रास सँगै सम्पुर्ण बिद्यालय तथा क्याम्पसहरुको पठन पाठन स्थगित गराउने मन्त्री परिषदको निर्णय पछी गौरीगञ्ज प्याब्सनले समेत गौरीगञ्ज गाउँपालिका भित्रका निजी तथा आबासीय बिद्यालयका हुन बाँकी सम्पुर्ण परिक्षाहरु स्थगित गरेको छ । प्याबसन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीले गौरीगञ्ज दर्पण डटकमलाइ फोन मार्फत जानकारी दिदै अर्को सुचना नआए सम्मका लागि गौरीगञ्जका सबै बोर्डीङलाइ परीक्षा स्थगित गर्न अनुरोध गरेको बताएका छन् । मन्त्री परिषद तथा प्याबसन केन्द्र र प्याबसन जिल्लाले समेत मातहतका सबै निजि तथा आबासीय बिद्यालयहरुको पठन पाठन तथा परीक्षा स्थगित गर्ने निर्णय सार्वजनिक भइसकेको बेला गौरीगञ्ज प्याबसनले समेत सो निर्णयहरु पालन गर्दै सम्पुर्ण परिऊहरु स्थगित गरिएको कुरा बताए ।
यस अघि फागुन ११ गते प्याबसन प्रदेश नँ १ ले एक बिज्ञप्ती जारि गर्दै मातहतका सबै बोर्डिङ स्कुलहरुलाइ चैत ५ गते भित्र सबै परिक्षा लिइ सक्न निर्देशन दिइएको थियो तथापी गौरीगञ्ज प्याबसन अन्तर्गतका कुनै पनि बिद्यालयले चैत ५ गते भित्र सबै बिषयका परीक्षा लिइ सकेको छैन । यहाँका निजि बिद्यालयहरुका अधिँकाँश बिषयका परीक्षा हुन बाँकी नै छ । प्याबसनको निर्देशन अटेर गरि कुनै बिद्यालयले परीक्षा सञ्चालन गरेमा भइ परि आउने परिस्थितीको जिम्मेबार अटेर गर्ने बिद्यालय स्वयमले लिनु पर्ने कुरा अध्यक्ष राजवँशीले बताएका छन् ।
उता गौरीगञ्ज बहुमुखि क्याम्पसले समेत बिहिबार बिहान एक सुचना प्रकाशित गरि अर्को सुचना नआएसम्म का लागि क्याम्पसको अध्ययन अध्यापन स्थगित गरिएको कुरा जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *