आगामी आर्थिक वर्षका लागि गौरीगञ्जको पोल्टामा ३० करोड ८८ लाख बजेट

पढ्न समय: 2 मिनेट

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा झापाका लागि ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजन भएको छ । जस मध्ये गौरीगञ्ज गाउँपालिकाका लागि ३० करोड ८८ लाख रुपैंया बजेट बिनियोजन गरिएकोछ ।‌
यस्तै कचनकवल गाउँपालिकाका लागि ३७ करोड ५१ लाख, झापा गाउँपालिकाका लागि ३१ करोड २४ लाख रुपैयाँ, बाह्रदशी गाउँपालिकाका लागि २९ करोड ६१ लाख , बुद्धशान्ति गाउँपालिकाका लागि ३३ करोड ५२ लाख कमल गाउँपालिकालाई ४६ करोड ४१ लाख र हल्दिबारी गाउँपालिकाका लागि ३१ करोड ६६ लाख रुपैयाँ बिनियोजन भएको छ ।
यता नगरपालिका हरुको हकमा दमक नगरपालिकाका लागि ६६ करोड २६ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि ६० करोड ४८ लाख रुपैयाँ, मेचीनगर नगरपालिकाका लागि ७० करोड ७७ लाख गौरादह नगरपालिकाका लागि ४३ करोड ५६ लाख , शिवसताक्षी नगरपालिकाका लागि ५२ करोड ३० लाख , भद्रपुर नगरपालिकाका लागि ४५ करोड २१ लाख , अर्जुनधारा नगरपालिकाका लागि ४३ करोड २९ लाख रुपैयाँ र कन्काई नगरपालिकाका लागि ३३ करोड ७८ लाख विनियोजन भएको छ ।
सरकारले विहीवार सँघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका सहित १५ वटा पालिकाकालागि उक्त रकम विनियोजन भएको हो ।
यो चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख बढी हो । चालू वर्षका लागि सरकारले झापाका १५ स्थानीय तहका लागि ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *