गौरीगञ्ज । नया बर्षमा कोच आदिबासीहरुले मनाउने सिरुवा पर्वको पुर्व सन्ध्यामा गायक द्वय बलराम राजवँशी र निकिता राजवँशीले सिरुवा गीत ल्याएका छन् । “चल गे माई गाउँघर घुमिबा, खेलाते खेलाते सिरुवा ” बोलको कोच भाषि गितमा सिरुवा पर्वको सँस्कृती, गतिबिधी र सिरुवा मनाउने तौर तरिकाहरु बर्णन गरिएको छ ।
तुलसी राजवँशीको भावात्मक शब्द सँयोजन रहेको गीतमा बलराम राजवँशीले आफै सँगित भरेका छन् । उनको सँगितमा कोच सँस्कृतीको लोक लय र आधुनिक सँगितको फ्युजन छ ।
ए-वान रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियो हाल लाई उपलब्ध छैन । बलराम राजवँशीको अफिसियल युट्युब च्यानलमा अहिले यस गीतको लिरिकल भिडियो हेर्न र सुन्न सकिन्छ ।
प्रतिक्रिया लेख्नुहोस्

