लागु औषध सहित सोनबर्षिबाट २ युवक पक्राउ

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिका काे सिक्टि , डाईनियाँ पथरी जाेडने सडक बाट लागुअाैषध अाेसार पाेसार काे मुख्य केन्द्र बिन्दु हुन थालेको छ । रंगेली प्रहरी काे सक्रियता मा लागुअाैषध अाेसार पाेसार गर्ने युवा हरु अहिले धमाधम पक्राउ पर्ने थालेका छन । सुनवर्सि ८ स्थित डाईनियाँ सिक्टि सडक खन्ड अन्तर्गत हर्चनगडि बाट बिहीबार दिउँसाे डाईनिया तर्फ अाउदै गरेको अवस्थामा लागुअाैषध सहित प्रहरीले २ जना लाई पक्राउ गरेको छ । मे ४ प ७७३७ नम्बरको माेटरसाईकलमा अाउदै गरेका पथरी शनिञ्चरे ६ बस्ने बर्ष २८ का शिवनारायण चमार र साेहि स्थान बस्ने बर्ष २९ का काजिमान बिक लाई चेकजाँच गर्ने क्रममा उनिहरु काे साथ वाट लागुअाैषध , नाईट्राभेट ट्याव्लेट ३९ गाेटि , एक बाेतल काेरेक्स र एस्पिभिअाईट ट्यावलेट १६ थान सहित पक्राउ परेका छन । उनिहरुलाई लागू अाैषध तथा अाेसार पाेसार अन्तर्गत मुद्घा गरिने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *