रबिन्द्र बराल
माेरङ काे रंगेली नगरपालिका ७ मा रहेकाे अस्पतालमा मा बुधबार पहिलो चरण काे काेराेना बिरुवा खाेप लगाउन सुरु गरेको छ । उक्त खाेप प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । रंगेली अस्पताल का मेसु राेहेन्द्र पाण्डे ले अस्पताल परिसरमा बुधबार पहिलो खोप लगाएका हुन । रंगेली अस्पतालमा रहेका स्वास्थ्यकर्मी , कर्मचारी ,सरसफाइ कर्मचारी , र नगर भित्र रहेकाेे स्वास्थ्य चाैकि र हेल्पाेस्ट का कर्मचारी हरु लाई खाेप लगाउन सुरु गरिएको छ । रंगेली मा पहिलो चरणमा १ सय ३५ जना स्वास्थ्यकर्मी हरु लाई खाेप लगाईने अस्पताल का मेसु राेहेन्द्र पाण्डे ले बताए । खाेप केन्द्र काे निरिक्षण गर्ने क्रममा सीप विकास शाख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र स्वास्थ्य जनसंख्या मन्त्रालय का प्रमुख राज कुमार पाेख्रेले का अनुसार सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम रहेकाे बताए ।