यासिन राइ
जति उचारण गरे नि थाक्दीन म आमा भनि :
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनि :
कसरि गरु तिम्रो बयान, कुन शब्दको लिउ सहारा :
तिमी नै हौ मेरो आँखा अनि संसार जित्ने सहारा :
पहिलो परि-दृश्य मेरो आँखाको कसरि बिर्सन सक्छु :
सिकायेउ पहिलो तोते भाका कसरि यो ऋण तिर्न सक्छु :
त्यहीं तोते बोलि, ताते चाल निर्दोष मेरा स्पर्शमै रमाउथेउ :
आफु भोक प्यासै बसी तिमी मलाइ भर पेट खुवाऊथेउ :
मेरी प्यारी आमा परिस्थिले परदेशिए बोकी सुन्दर सपनाहरु:
एक-एक इट्टा थप्दैछु पसिनाको साकार पार्न तिम्रै कल्पहारु :
घुट्को पीइ पीडाको खुशी दियेउ अन्जुली भरि प्यारी आमा :
दुखको आँधी-बेहरीमा नि हाँसी-२ जिउन सिकायेउ आमा :
दर्दको पोखरीमा पोखिएर आफु तिमी भरेउ मेरो आँचल आमा :
कठिनाइका कन्दरा फुटाइ सधैं जित्न सिकायेउ प्यारी आमा :
मेरो सद-गुरु, सद-भाव, सद-विचार अनि सद-सम्बाद तिमी :
मेरो हर-स्वासको सैयामा संगालो बनि रहनेछौं सदा-२ तिमी :
जति उचारण गरे नि थाक्दीन म आमा भनि :
पाए अर्को जुनी फेरी जन्मु तिम्रै छोरी बनि :
काठमाण्डौ, हाल इज़रायल :