मँसिर १० गौरीगञ्ज । झापा की एक युवा महिला ले मेची महाकाली साइकल यात्रा शुरु गरेकि छन् । भद्रपुर ६ कि स्वेता श्रेष्ठले आज बुधबार बिहान ८ बजेदेखि भद्रपुर बाट मेची – काली साइकल यात्रामा निस्किएकी हुन ।
“इन्पावरीङ् वुमन टु ट्राभल” नाराका साथ चन्द्र सुर्य अँकित नेपाली झण्डा सहित साइकल यात्रामा निस्किएकी श्रेष्ठले २१ दिनमा मेची महाकाली यात्रा पुरा गर्ने लक्ष्य रहेको बताएकी छन् । गौरीगञ्ज दर्पण सँगको छोटो कुराकानी मा उनले सहासिक यात्रामा महिलाहरुलाइ समेत हौसला मिलोस भन्ने उद्देश्यका साथ साइकल यात्रा शुरु गरेको बताइन् । शारिरिक, मानसिक र सामाजिक रुपमा महिलालाइ सक्षम बनाउन सके देशमा बलात्कार लगायतका महिला हिन्सा अन्त्य हुने कुरा उनले बताएकी छन् ।
बुधवार बेलुका गौरीगञ्ज आइपुगेकी उनलाइ गौरीगञ्ज गाउँपालिकामा स्वागत गरिएको छ । उनलाइ गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा लगायत कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेकाछन् । प्रस्तुत छ उनिसँग गरिएको कुराकानीको सम्पादित अँश –