बाह्रदशीमा दुइ सँक्रमित थपिए सँगै झापामा सँक्रमितको सँख्या १ सय १३ पुग्यो

पढ्न समय: 1 मिनेट

झापामा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि हुनेहरु बाह्रदशी गाउँपालिकाका पुरुष रहेको कुरा स्वास्थ्य मन्त्रालयले बताएका छन् । उनीहरु दुवै जना भारतबाट आएका थिए ।
हप्तादिनअघि भारतबाट आएका उनीहरुलाई पशुपति माविको क्वारेन्टाइनमा राखिएको थियो । योसँगै बाह्रदशीमा ४ जनामा संक्रमण पुष्टि भएको छ । १ जना उपचार गरेर फर्किसकेका छन् भने १ जना उपचारमै छन् । आजका दुवै जनालाई अस्पताल लगिएको छ ।
यो सँगै झापामा सँक्रमितको सँख्या १ सय १३ पुगेकोछ भने २ जना सँक्रमण मुक्त भइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *