अहिलेका चर्चित गायक द्वय बल बहादुर राजबँशी र मेलिना राइको स्वरमा कोच राजवँशी भाषाको म्युजिक भिडियो ‘फेसबुकेर जालत’ को शुटिङ अन्तिम चरणमा पुगेको छ । चितवनको भरतपुर आसपास को क्षेत्र र झापाका केहि ग्रामिण क्षेत्र हरुमा सुटिङ भइ रहेको उक्त म्युजिक भिडियोमा भिमफेदी गाइजका कलाकार हरु सँगै बिनिता ताजपुरिया र रँजिताको अभिनयलाइ अनस्क्रिन देख्न सकिने छ । निर्मल कुमार लामाको निर्देशन र पवन शुसलिङको क्यामेराग्राफीमा तयार भइ रहेको उक्त म्युजिक भिडियो यहि हप्ता रिलिज हुने कुरा गायक राजवँशीले जानकारी गराएका छन् ।

सुटिङ


कोच भाषा का चर्चित गीतकार गोपाल राजबँशीको एलबम बेदना भाग ५ को लागि तयार भइ रहेको यो म्युजिक भिडियो कोच भाषा कै अहिले सम्मको सबै भन्दा महँगो म्युजिक भिडियो रहेको कुरा सुटिङ युनिटले गौरीगञ्ज दर्पण डटकम लाइ जानकारी दिएको छ ।
फेसबुकेर जालत बोलको उक्त गीतमा शब्द गोपाल राजवँशीको रहेको छ भने गीतलाइ गायक बल बहादुर राजवँशीले नै सँगित बद्ध गरेकाछन् । बेदना भाग ५ मा समावेश हुने ४ वटा गीत मध्ये ३ वटा रेकर्ड भइ सकेको र यो म्युजिक भिडियो एलबमको पहिलो म्युजिक भिडियो रहेको कुरा शुटिङ युनिटले बताएको छ । एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएका एल्बमका गीतहरुलाइ एरेञ्जर सुरज श्रेष्ठले म्युजिक एरेञ्ज गरेकाछन् ।