बर्खा स्मृति टि-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा गौरादह र मेचीनगर

पढ्न समय: 1 मिनेट

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि- ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा गौरादह नगरपालिका र मेचीनगर नगरपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।‌
प्रतियोगिताको आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले गौरिगञ्ज गाउँपालिकालाई ३३ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको गौरादहले २० ओभरमा १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको गौरीगञ्ज गाउँपालिकाले १० विकेट गुमाउँदै १२१ मात्र बनाउन सफल भएको थियो ।
गौरीगंजका लागि ५१ वलमा ८१ रन हान्दै गौरीगञ्जका खेलाडी विशाल थापा म्यान अफ दि म्याच घोषित भए ।

- Advertisement -
Ad image

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्