रबिन्द्र बराल ।
माघ २५, रँगेली । १ नं प्रदेश प्रहरी श्रीमती संघ ले रंगेलीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सँघले रँगेली नगरपालिका ९ स्थित फर्साडाँगी मा रहेको पार्वती माध्यमिक बिधालय मा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर काे आयोजना गरेको हो ।
उक्त शिविरमा दर्वेशा, दाेहमना,सखुवाथान, लगायतका बृद्ध, महिला, बालबालिका हरु ले स्वास्थ्य चेकजाँच गराएका थिए । १ नम्वर प्रदेश प्रहरी श्रीमती संघ र रंगेली नगरपालिका को संयुक्त आयोजना तथा बिराट नर्सिङ होम प्राईभेट लिमिटेड काे सहकार्यमा आँखा ,दाँत, प्रसुति सेवा, छाला राेग हरु काे उपचार गर्नुका साथै प्रेसर ,सुगर , काे समेत चेकजाँच गरिएको थियोे ।
कार्याक्रमकाे प्रमुख अतिथी नगर प्रमुख दिलीप बगडिया, उप-प्रमुख भुमा पराजुली, १ नं प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष सिता ज्ञावली , जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेल, ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शैलेश न्याैपाने विभिन्न वडा का वडा अध्यक्ष , लगायत काे समेत उपस्थिति रहेको थियोे । शिविरमा ३ सय जना ले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा बिराट नर्सिङ अस्पताल का डाक्टर हरुले सेवा दिएका थिए ।