
प्रसाशनकै मर्म भुलेको गौरीगञ्ज गापाको प्रसाशन शाखा
चैत्र २८ झापा । गौरीगञ्ज गाउँपालिकाको प्रसाशन शाखाको जिम्मेबारी प्रसाशन अधिकृत बिरेन्द्र खड्कालाइ दिइएको छ । केहि बर्ष अघि उनि गौरीगञ्ज गाउँपालिकाको उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका थिए तर हिजो आज उनि आफ्नै कार्यालयमा आलोचित हुन थालेका छन् । उनले प्रसाशन शाखाको मर्म नबुझ्दा गौरीगञ्ज गाउँपालिका कार्यालयकै प्रसाशन फितलो हुँदै गएको छ ।
कुनैपनि कार्यालयको सेवा चुस्त र दुरुस्त हुन कार्यालयका प्रमुख प्रसाशकीय अधिकृतको मात्र भुमिका रहदैन । कार्यालयलाइ अनुसाशित र सेवामुखी बनाउन सबैभन्दा धेरै जिम्मेबारी प्रसाशन शाखाको हुन्छ । तर पछिल्लो समय प्रसाशन शाखा प्रमुख बिरेन्द्र खड्का आफ्नो जिम्मेबारीबाट पन्छिन थालेका छन् । प्रसाशन शाखाको जिम्मेबारीबाट मात्र होइन उनि स्टोरको जिम्मेबारीबाट समेत भाग्ने गरेका छन् । उनलाइ स्टोरको समेत जिम्मेबारी दिएइको छ ।
त्यसो त उनि प्राय समयमै कार्यालय आउँछन् । तर समयमा कार्यालय नआउने कर्मचारीहरुलाइ अनुसाशनको दायरामा ल्याउने जिम्मेबारी उनकै शाखाको छ । पछिल्लो समय ११ बजिसक्दा समेत पालिकाका धेरै कर्मचारी कार्यालय आइपुगेकै हुँदैनन् । पालिकाका कर्मचारीहरुलाइ पोसाक भत्ता समेत बार्षिक रुपमा दिने गरिएको छ तर हरेक दिन कोहि न कोहि कर्मचारी बिना पोशाक र बिना परिचयपत्र कार्यालय प्रवेश गरिरहेका हुन्छन् । सरकारले खाजा समय १ : ३० देखि २ बजे सम्म को समयलाइ निर्धारण गरेको छ । तर यस बाहेकका समयमा समेत केहि मकर्मचारी आफ्नो कार्यकक्ष छोडेर चिया पसलमा गफिइरहेका हुन्छन् । तर यस्ता कुनै कुरा प्रति प्रसाशन अधिकृत बिरेन्द्र खड्काले कुनै चासो नै देखाउँदैनन् ।
कर्मचारी प्रसाशन चुस्त र दुरुस्त बनाउने जिम्मा आफ्नै शाखाको रहेको कुरा उनले स्विकारेपनि अहिले सम्म बिना पोषाक र बिना परिचयपत्र कार्यालय आउने कति जनालाइ कार्वाहिको सिफारिस गरियो भन्ने प्रश्नमा उनि मौन हुने गरेका छन् । समयमा कार्यालय नआउने कतिजना कर्मचारीलाइ नसिहत वा स्पष्टीकरण सोधियो भन्ने प्रश्नमा समेत उनको जवाफ मौन हुने गरेको छ । अहिले हरेक सरकारी कार्यालयमा अनिवार्य रहेको नागरिक वडापत्र समेत कार्यालयमा राखिएको छैन ।
उनको अबकास हुने दिन नजिकिदै गर्दा सँभवत उनि सहकर्मीहरुसँग मन मुटाव नहोस भनेरै अचेल कुनै कर्मचारीले अनुसाशन उलँघन गर्दा समेत कुनै कार्वाहीको प्रकृया अगाडी बढाउदैनन् । तर उनको गैरजिम्मेबार पनले कार्यालयको सेवा फितलो हुदै गएको छ भने जनप्रतिनिधिहरुले समेत कर्मचारीहरुलाइ आफ्नो अधिकार क्षेत्र भित्र राख्न नसक्दा कार्यालय भित्रै सेवा तथा सुशासनको धज्जि उड्न थालेको छ ।